तत्काल मधेसवादी दलहरू एक हुने सम्भावना छैन : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेसवादी दलहरू एक हुने सम्भावना नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निजी स्वार्थका कारण मधेसवादी दलहरू फुटेको बताए । उनले स्वार्थमा काम गर्नेहरूलाई पदच्युत भएसँगै कसैले नचिन्ने बताए । धर्तीमा रहँदा केही नाम चिन्नेगरी काम गर्नुपर्ने बताए ।
उनले भने ‘निजी स्वार्थका लागि मधेसवादी दलहरू छिन्नभिन्न भएका छन् । सबै स्वार्थमा लाग्नुभएको छ । मैले जहिले पनि भनेको छु, केही काम गर, धर्तीमा रहँदा । स्वार्थमा लागेका नेतालाई पद सकिएपछि कसैले पनि नाम लिँदैन । मधेसवादी सबै नेताहरू एक हुनु राम्रो कुरा हो । तर एक हुने सम्भावना देखेको छैन ।’
मन्त्री सुडीले मधेसवादी राजनीतिक दलहरू एक हुनु राम्रो भएको पनि बताए ।








