गुल्मी : बसको ढोकाबाट खसेर ३९ वर्षीया महिलाको मृत्यु

गुल्मी । गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रु महिलाको मृत्यु भएको छ । भाडाको विषयमा विवाद भइरहेका बेला इस्मा गाउँपालिका-५ रातामाटाकी ३९ वर्षीया शान्ति कुमाल ढोकाबाट खसेकी थिइन् ।

उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो । सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुण्डिन पुगेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =