एकले अर्कोलाई छेकेर देश चल्दैन : हर्क साम्पाङ (भिडिओ)
२०८१ माघ ८ गते

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताएका छन् ।
मङ्गलवार प्रधानमन्त्री र मन्त्री भेट्न सिंहदरबार आएका साम्पाङले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने बताए ।
उनले पानीको दुःख सहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताए । ‘केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँ गाउँमा, सहर सहरमा खानेपानीको दुःख छ । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न ५ अर्ब करिब मागेका छौँ’ उनले भने ।
प्रमुख साम्पाङले धरानमा पानी तीन करोड लिटर दैनिक खपत हुने बताए ।
२०८१ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








