एमालेमै फर्किने तयारीमा वामदेव, ओलीसँग गरे छलफल

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा फर्किने भएका छन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि गौतम एमालेमा फर्कन तयार भएका हुन् ।

उनले आफूसहित आफ्नो समूहमा रहेका सबै नेताहरू एमालेमा प्रवेश गर्ने बताए । उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने बताए ।

यसअघि नेकपा समाजवादीमा प्रवेशका लागि वार्ता चलाएका वामदेवले नेकपा एसमा जाने सबै सम्भावना सकिएको बताए ।

उनले सो पार्टीका अध्यक्ष माधव नेपालले बार्गेनिङ गरेकाले वार्ता सकारात्मक हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =