मुलुकमा समृद्धि ल्याउन सबै दलहरु जिम्मेवार हुनुपर्छ : प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।

न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरुलाई आग्रह समेत गरे ।

उनले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्यगरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरुको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =