रवि लामिछानेलाई काठमाडौँ हुँदै पर्सा लगिने
२०८१ मंसिर २४ गते

फाइल तस्बिर
काठमाडौं । सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पर्सा लगिने भएको छ ।
वीरगञ्जको सानोपाइला सहकारी प्रकरणको रकम अपचलनबारे बयानका लागि उनलाई पर्सा लैजान लागिएको हो ।
सभापति लामिछानेलाई हवाई मार्ग हुँदै काठमाडौं र काठमाडौंबाट हवाईमार्ग हुँदै सिमरा लगिने प्रहरीले जनाएको छ । लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए ।
यस्तै सहकारी ठगीमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा पुर्याइएको छ ।
उनिहरुलाई सोमबार पर्सा पुर्याइएको हो । उनीहरूलाई आइतबार राति नै सडकमार्ग हुँदै पर्सा लगिएको खुल्न आएको छ ।
२०८१ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








