प्रचण्ड भेट्न एमाले नेताहरू खुमलटारमा

काठमाडौं । नेकपा एमालेका नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।

एमाले नेताहरूले बिहीबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डलाई भेटेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जारी गरेको परिपत्र, नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल गर्न एमाले नेताहरू खुमलटार पुगेका हुन् ।

एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको नेतृत्वका एमाले नेताहरूले प्रचण्डलाई मेयर बालेनले गरेको परिपत्रका बारे जानकारी दिएका थिए ।

जवाफमा प्रचण्डले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने बताएका थिए ।

त्यसका लागि अध्यक्ष दाहालले पार्टीबाट पनि औपचारिक निर्णय गराउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =