आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार म हुँ,सोच्ने कुरै छैन : कोइराला
२०८१ भदौ १९ गते

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । बुधवार पत्रकारसँग कुराकानी गर्दै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।
आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले भने,“अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।”
महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








