नेपालमा छुट्टै रेडक्रस कानुन आवश्यक : रेडक्रस

काठमाडौँ । नेपालमा मानवीय कामहरूलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानुन आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

बुधवार नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले यस्तो बताएको हो । मुलुकमा समयअनुसार फरक प्रकृतिका मानवीय सङ्कटहरू देखापर्दै गएकाले समयानकुलको सेवा प्रदान गर्नेको लागि कानुन आवश्यक रहेको बताए ।

महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले कानुनको अभावमा पछिल्लो समय धेरै समस्याहरू भोग्दै आएको बताए । उनले सबै रेडक्रसकर्मीहरूको चाहना रेडक्रस कानुनमार्फत रेडक्रसका कामहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले कानुनी रुपमा रेडक्रसका कामहरूलाई व्यवस्थित बनाउनसके मात्रै मानवीय सिद्धान्त र आधारभूत मान्यताहरू पूरा गर्न सकिने बताए ।

उनले समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानुनको अपरिहार्य आवश्यक भएको दाबी गरे । उनले नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरू र उपलब्धिहरू गर्दै आएको पनि बताए ।

उनले भने ‘नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय भोग्दै आएका अनुभवहरू छन् । सबै रेडक्रसकर्मीहरूको चाहना रेडक्रस कानुनमार्फत रेडक्रसका कामहरूलाई व्यवस्थित गर्नुपर्छ । कानुनी रुपमा रेडक्रसका कामहरूलाई व्यवस्थित बनाउन सक्यौँ भने मात्रै मानवीय सिद्धान्त र आधारभूत मान्यताहरू पूरा गर्नसक्छौं । समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानुनको अपरिहार्य आवश्यक छ । कानुन बनाउने सन्तोषजनक प्रगति हुन सकेको छैन । स्थापना दिवसको अवसरमा रेडक्रसकर्मीहरूले रेडक्रस कानुन आवश्यक रहेको सन्देश जारी गरेका छौं । सोसाइटीले सबैको सद्भावपूर्ण सहयोगको अपेक्षा राख्ने छ । नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरू र उपलब्धिहरू धेरै गरेको छ ।’

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको नेतृत्व कमिटी निर्वाचित भएर आएको भन्दै काम नगर्ने भन्ने विषयमा दुबिधामा नरहन आग्रह गरे । उनले अहिलेको कमिटी तदर्थ समिति नभई निर्वाचित भएर आएको भन्दै सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले सोसाइटीले समाजमा परिणाम देखिने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले समाजमा परिणाम देखिने गरी काम गरे मात्रै समाजले फाइदा पाउने बताए । सोसाइटीले पछिल्लो एक वर्षमा बाढी,पहिरो र चट्याङ्गका कारण समस्यामा परेका १५ सय ७९ परिवारलाई ५० लाख बराबरको नगद र गैरखाद्य राहत सामग्रीहरू वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =