ओली सरकारले भ्रष्टाचारलाई छोपछाप पार्न खोज्यो : प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारले भ्रष्टाचार विरोधी अभियान रोकेको आरोप लगाएका छन् ।

उनले सरकारले जनविरोधी क्रियाकलापहरू गरिरहेको बताए । प्रचण्डले ओली सरकारले भ्रष्टाचारलाई छोपछाप पार्न लागिरहेको बताएका छन् ।

‘सरकारको जनविरोधी क्रियाकलापहरू, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ,’उनले भने,‘लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ ।’

बुधवार पार्टीको अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको सुनाए ।

उनले कांग्रेस एमालेको त्यस्तो कदमलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताए ।

‘दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ,’उनले भने,‘त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =