सत्तापक्ष र प्रतिपक्षको भुमिका सूर्य र चन्द्रमाको जस्तो हुनुपर्छ : सांसद रिजाल

काठमाडौ । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षले सूर्य र चन्द्रमाको जस्तो भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले उज्यालो छरिएको बेलामा चन्द्रमाले प्रकाश दिएजस्तै सत्तापक्षले भुमिका खेल्न नसकेको ठाउँमा प्रतिपक्षले भुमिका खेल्नुपर्ने रिजालले बताए ।

उनले प्रतिपक्षले चन्द्रमाको भुमिका निर्वाह नगरी ग्रहणको भुमिका निर्वाह गरेको भन्दै आफू सत्तापक्षमा पुग्दा सोही प्रवृत्ति गलपासो हुने भन्दै दलहरुलाई सचेत गराए । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको भुमिका परिपूरकको हुने उनको भनाई छ ।

उनले भने, ‘म निवेदन गर्न चाहन्छु, संसदमा एउटा नारा नै लेख्नुपर्‍यो । संघीय संसदको ‘मुल मन्त्र : समानुपातिक विकास र जनपक्षिय लोकतन्त्र’ भनेर एउटा नारा नै राख्नुपर्‍यो । यो लोकतन्त्रमा त्योखालको समानताको सन्देश गएको छैन । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको भुमिका परिपूरकको भुमिका हो । सय प्रतिशत सत्तापक्ष पूरक हुन सक्दैन । परिपुरकको भुमिका प्रतिपक्ष हुन्छ । पूरक र परिपूरकबाट समपुरक हुन्छ । त्यो समपुरकले लोकतन्त्रलाई अगाडी बढाउँछ । जनताको चाहाना र भावनालाई त्यसले प्रतिनिधित्व गरेको हुन्छ । त्यो भुमिका हामीले कति पूरा गरेका छौँ रु कति त्यसप्रति दत्तचित्त छौँ भन्ने कुरा हामीले ख्याल पुर्‍याउँनै पर्छ । सत्तापक्ष र प्रतिपक्षको भुमिका चन्द्रमा र सूर्यको जस्तो भुमिका पनि हो । उज्यालो छलिएको बेलामा चन्द्रमाले प्रकाश दिन्छ । सत्तापक्षले भुमिका खेल्न नसकेको ठाउँमा अर्थात उसले उज्यालो प्रकाश पुर्‍याउन नसकेको ठाउँमा चन्द्रमाको रुपमा प्रतिपक्षले भुमिका खेल्नुपर्छ । ताकि ओझेल परेको ठाउँमा त्यहाँ प्रकाशका किरणहरु जान सकुन् । तर यहाँ त अँध्यारो परेको ठाउँमा चन्द्रमाको भुमिका निर्वाह गर्ने होइन ग्रहणको भुमिका निर्वाह गर्न खोज्दैछौँ । पूरै ग्रहण लगाइदिने ।’

सांसद रिजालले समानताको सन्देश दिनका लागि संसदमा ‘संघीय संसदको मुल मन्त्र : समानुपातिक विकास र जनपक्षिय लोकतन्त्र’ भनेर नारा नै राख्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =