सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु : तुलाधर

काठमाडौं । डेनमार्कका लागि प्रस्तावित राजदुत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छन् ।

आइतबार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै तुलाधरले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गरेकी हुन् ।

प्रस्तावित राजदुत तलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवर्द्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरुलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाई थियो ।

डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रश्तावित राजदुत तुलाधरले बताइन् ।

देशका मुख्यमुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिला,बालबालिका र मातृभाषाको क्षेत्रमा समेत काम गर्न चाहेको उनले बताइन् ।

प्रस्तावित राजदुत तुलाधरले भनिन्,‘युवाहरुको चाहनालाई मिट गर्ने खालको टुरिज्म प्लानहरु पनि हामीले नेपाल टुरिज्म बोर्डसँग मिलेर बनाउन सक्छौं । नेपाल टुरिजम बोर्डले आफ्नो दुतहरु पनि नियुक्त गर्दो रहेछ । म उहाँहरुसँग एकदमै नजिक भएर काम गर्नेछु । देशको मुख्यमुख्य निकायहरुसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो ।’

विकसित देशहरुबाट नेपाल जस्ता विकासशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने प्रस्तावित राजदुत तुलाधरले बताइन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =