रूख ढलेर अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो
२०८१ भदौ १६ गते

काठमाडौं । रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ । सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन् ।
बिहान ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकमा आरपार हुनेगरी ढलेको थियो । लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए ।
२०८१ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








