नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कायमै, अन्तरिम आदेश खारेज
२०८१ भदौ १४ गते

काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवावधि कायमै हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेशलाई खारेज गरेको छ।न्यायाधीशद्वय सारंगा सुवेदी र विनोद शर्माको इजलासले शुक्रबार सरकारको भ्याटेक निवेदनमा माग बमोजिम हुने आदेश जारी गरेको हो ।
६ भदौमा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो ।
न्यायाधीश फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै गृह मन्त्रालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
२०८१ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित








