एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय
२०८१ भदौ १३ गते

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरिएको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मुख्य सचिव लीलादेवी गड्तौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले मुख्यसचिवमा अर्याललाई नियुक्त गरेको हो ।
२०८१ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








