कांग्रेसको दुई विभागमा १० सदस्य मनोनित
२०८१ भदौ १३ गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई विभागमा सदस्य मनोनयन गरेका छन् । पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा बिहीबार विभिन्न सदस्य मनोनयन गरेका हुन् ।
उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् । विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित भएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०८१ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








