धनगढी जाँदै प्रचण्ड र आरजु, के छन् कार्यक्रम ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी जाँदैछन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी जान लागेका हुन् ।

उनीहरु नियमित उडानमार्फत धनगढी अवतरण गर्ने कार्यक्रम छ । माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । सो बैठक दुई दिनसम्म चल्ने छ ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्ड र मन्त्री आरजु धनगढी आउने भएपछि कैलाली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । केही दिनअघि मात्रै देउवा निवासको अगाडि बम भेटिएको थियो । त्यसपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =