पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र संगठित हुन प्रेरित गर्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्गीतज्ञ खुसीराम पाख्रिनका गीतसङ्गीतले आमनेपाली श्रमिकलाई उद्धेलित र सङ्गठित हुन प्रेरित गर्दै आएको स्मरण गरेका छन् ।

जेबी टुहुरे फाउन्डेसनले सोमबार आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्दै पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसङ्गीतका क्षेत्रबाट खेलेको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डले बताए ।

“हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई सङ्गठित गर्थ्यो भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गाएका गीतले नेपाली श्रमिकलाई उद्धेलित बनाउथ्यो र सङ्गठित गर्न प्रेरित गथ्र्यो”, अध्यक्ष दाहालले भने ।

पाख्रिनले आफैँ गीत रचना गर्ने, सङ्गीत भर्ने र गाउने गरेको स्मरण गर्दै उनले खुसीराम आफ्नो गाउँले साथीका रूपमा असाध्यै मिलनसार योद्धाका रूपमा रहेको बताए ।

अध्यक्ष दाहालले जनगायक जेबी टुहेरेले गीतसङ्गीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेखेको स्मरण गरे । “पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे । वैचारिक राजनीतिक रूपमा भन्दा पनि श्रमजीविका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिनले टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीतसंगीत गायन र सिर्जना गर्दै आएका स्मरण गरे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए ।

त्यस अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरूले जनगायक पाख्रिनले सिर्जना गरेका गीतसङ्गीत समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =