महामन्त्रीद्वयको प्रस्तावले काँग्रेसमा तनाव, थापा र शर्मालाई बुढानीलकण्ठ बोलाइयो

काठमाडौँ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनले काँग्रेसमा तनाव सिर्जना भएको छ ।

केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र शर्माले एक्जी पोलीसी र निर्वाचन अघिको गठबन्धनको विषय लगायतका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनले काँग्रेसमा छलफलको वातावरण बनेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गराउन चाहेका छन् । जसका लागि देउवाले दुई महामन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि महामन्त्रीद्वयलाई बोलाएका हुन् ।

कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया

One thought on “महामन्त्रीद्वयको प्रस्तावले काँग्रेसमा तनाव, थापा र शर्मालाई बुढानीलकण्ठ बोलाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =