प्रधानमन्त्री ओलीले भने- सरकारले भात-रोटी खान्छ, घुस खाँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारलाई प्रशय गर्ने रणनीति नलिएको दोहोर्‍याएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले सरकार भ्रष्टाचारीलाई जोगाउनतर्फ नलाग्ने दोहोर्‍याएका हुन् ।

सरकारले कसैलाई फसा भनेर समेत नभन्ने उनले दाबी गरे । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप हो,’ प्रधानमन्त्रीले भने, ‘तपाईँहरू ढुक्कले काम गर्नुस्, यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’

उनले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने पनि बताए । ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले निर्दोषलाई दोषी करार गर्नुस् भन्दैन, ढुक्कले काम गर्नुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =