रामेछाप घटनाको प्रभावकारी उद्धार र उपचार गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बामा आइतबार खसेको भीषण पहिरोमा परेकाहरुको उद्धार र उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको लेकखर्कमा पहिरोमा परी छजनाको दुखद निधन, चारजना बेपत्ता र एकजना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको अध्यक्ष दाहालले बताए ।

उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्राकृतिक प्रकोपका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्धारमा जुटेका पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवाद दिँदै जनसेवामा निरन्तर जुट्न आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =