एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ ।

पार्टी महासचिव घनश्याम भुसालले भदौ ९, १० र ११ गते बिहान काठमाडौँमा बैठक बस्न लागेको जानकारी दिए ।

उनले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचना निर्माणलगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =