प्रहरीले खुलायो गठ्ठाघर दुर्घटनाका मृतकको परिचय

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भएका उत्तम कोइराला हुन् ।

भक्तपुर परिसरका डीएसपी राजन कार्कीले मृतकका आफन्तले उनी कोइरालाको भएको पुष्टि गरेको बताए । करिब ६छ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । उनी काठमाडौँको कपन बस्दै आएका थिए ।

शुक्रबार दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो । घटनास्थलमै मृत्यु भएको उनको शरीर क्षतविक्षत भएको छ ।

प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी कार्कीले बताए । दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

यो पनि : आइजिपीलाई गृहमन्त्रीको निर्देशन- गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्नू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =