सीआईबी प्रमुखसहित तीन एआईजीको सरुवा

नेपाल प्रहरीका तीन जना अतिरिक्तल महानिरीक्षक (एआईजी) को सरुवा भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबी प्रमुखसहित तीन एआईजीको सरुवा र एक जनाको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो।

सीआईबीको प्रमुखमा एआईजी दीपक थापा सरुवा भएका छन्। उनी यसअघि उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए।

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा भने अघिल्लो सरकारले सीआईबीबाट हटाएका किरण बज्राचार्यलाई ल्याइएको छ। उनी कार्य विभागमा थिइन्। कार्य विभागको जिम्मा आजै एआईजीमा बढुवा भएका रामदत्त जोशीले पाएका छन्।

यस्तै रिक्त रहेको प्रदेश समन्वय विभागमा सीआईबीबाट हटाइएका एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =