तोसिमा कार्कीको प्रश्न– मन्त्रीपरिषद्मा दलित प्रतिनिधित्व किन भएन ?


काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नयाँ मन्त्रीपरिषद्मा दलित समूदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो आपत्ति जनाएकी हुन् । सांसद कार्कीले महिलाहरुको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर महिलाहरुको प्रतिनिधित्व समानुपातिक रुपमा मन्त्रीपरिषद्मा कम भएको ? भनि प्रश्न समेत गरिन् ।
‘दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्रीटोलीमा जम्मा दुई जना जम्बोमन्त्री अटाउन सकेछन । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहीँ हामी अनिवार्य गराउँछौं भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ,’उनले भने,‘तपाईहरुको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो, संविधान र लोकतन्त्रको मूल्यमान्यता कहाँ गयो ?’
सांसद कार्कीले सरकारले व्यक्तिगत लाभका आधारमा मन्त्री नियुक्तीको काम भएको जिकिर समेत गरिन् ।
सो अवसरमा सांसद कार्कीले जनताको हित हुनेगरी काम गर्न पनि सरकारलाई शुभकामना व्यक्त गरिन् ।
‘कन्फिलिक्ट अफ इन्ट्रेष्ट भएकाहरुलाई मन्त्री बनाउँदा सुशासनको अवस्था कस्तो होला, हामी अनुमान गर्नसक्छौं,’उनले भनिन्,‘तापनि जनताको काम गर्न यो सरकार दिगो रहोस, शुभकामना ।’
