शपथ लिए लगत्तै खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौँ । ओली सरकारका नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर मन्त्री यादवले पदभार ग्रहण गरेका हुन् ।

त्यस क्रममा उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री यादवले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनी जसपाबाट मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =