मुकुल ढकालले मागे प्रहरी सुरक्षा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सुरक्षा व्यवस्थाको माग गरेका छन् । उनले उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको आरोप लगाउँदै सुरक्षाकर्मी माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन… लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =