राष्ट्रपतिको आह्वानलगत्तै दाबी पेश गर्ने, ओली र देउवाले गरे हस्ताक्षर

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेश गर्ने भएका छन्।

त्यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको नेकपा एमालेका सांसद सूर्य थापाले जानकारी दिए।

थापाले फेसबुकमा दाबी पेश गर्न तयार पारिएको कागजमा हस्ताक्षर गर्दै गरेको फोटो सार्वजनिक समेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =