रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो दुर्घटना भएको हो ।

जिल्ला हरी कार्यालय रौतहटका अनुसार जन्ती बोकर रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट सर्लाहीको चक्रघटा फर्किदै गर्दा आज बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जीप नहरबाट तल पानीमा झरेको थियो ।

उक्त जीपमा १२ जना सवार थिए ।

ति मध्य काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान गएको छ ।

३ जनालाई भने अस्पताल लगिएको छ । अन्य सकुशल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =