हामी पुरुषले के लछारेका छौ र महिलाहरूलाई अविश्वास गर्ने ? : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन हचुवाको भरमा नहुने बताएका छन् ।

उनले कांग्रेस–एमाले ०४६ सालको संविधानमा फर्किन चाहेको आरोप लगाउँदै प्रचण्डले त्यो स्वीकार्य नहुने बताए ।

उनले संविधान संशोधनको नाममा महिला, जनजाति र पिछडा वर्गको अधिकारलाई खोस्न खोजेको बताए ।

उनले संसदमा विश्वासको मत माग्दै भने–‘कांग्रेस–एमाले प्रतिगमनको बाटोमा छन् । संविधान संविधानको नाममा उपलब्धिलाई निमोठ्न खोजियो । महिला र जनजातिको अधिकार खोसियो, हामी पुरुषले के लछारेका छौ र महिलाहरूलाई अविश्वास गर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =