प्राकृतिक विपत्तिका बेला नागरिकलाई सरकारको अनुभूति हुने गरी काम गर्न नेता कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्राकृतिक विपत्तिका बेला नागरिकलाई सरकारको अनुभूति हुने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेकोतर्फ सचेत गराउँदै उनले तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे । ‘विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ । बाढी पहिरोमा परि कैयौँ नागरिकहरू बेपत्ता छन्,’ उनले भने, ‘पीडितहरूको उद्धार र उनीहरूको व्यवस्थापन तथा बेपत्ताहरूको खोजी कार्यमा तिनवटै तहका सरकारले नागरिकलाई अनुभवी हुने गरि काम गरोस् भन्ने आग्रह गर्दछु ।’
नेता कोइरालाले प्राकृतिक प्रकोपको यस समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले अगाडि भनेका छन्, ‘प्राकृतिक प्रकोपको यस समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह समेत गर्दछु । बाढी पहिरोमा परि मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
बिगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षेती भईरहेको छ । बाढी-पहिरोमा परि कैयौं नागरिकहरु बेपत्ता छन ।
पिडीतहरुको उद्धार र उनिहरुको व्यवस्थापन तथा बेपत्ताहरुको खोजि कार्यमा तिनवटै तहका सरकारले नागरिकलाई अनुभती हुने गरि काम गरोस् भन्ने आग्रह…— Dr Shekhar Koirala (@Shekharnc) July 12, 2024








