सत्ताबाट बाहिरिन लागेपछि समाजवादी पुर्नरगठनतिर प्रचण्ड

सत्ताबाट बाहिरिने अवस्थामा पुगेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले समाजवादी मोर्चा पुनर्गठनबारे छलफल थालेका छन्।

बुधबार बेलुका सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेतालाई बोलाएर छलफल गरेका हुन्।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी थिए।

उनीहरूबिच मोर्चा पुनर्गठनबारे छलफल भएको एक नेताले जानकारी दिए।

छलफलमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ पनि गरेका थिए। अर्को बैठकमा मोर्चा पुर्नर गठनबारे टुंगो लगाउने तयारी उनीहरुको छ।

यही २८ गते विश्वासको मत लिने तयारीमा रहेका प्रचण्ड त्यतिबेला विश्वासको मत नपाएमा सत्ताबाट बाहिरिने छन्। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको सहमती भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =