सोह्रखुट्टे-बालाजु सडक भासियो, पर्यो ११ फिट गहिरो खाल्डो
२०८१ असार १९ गते

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो ।
सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।
अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








