जितेन्द्रनारायण सहित कांग्रेसका १५ नेता एमाले प्रवेश
२०८१ असार १७ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जितेन्द्रनारायण देव नेकपा ९एमाले० मा प्रवेश गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले देवलाई सोमबार पार्टीमा स्वागत गरेका हुन् । देव काँग्रेसबाट यसअघि राष्ट्रिय सभा सदस्य थिए भने उनी पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा संविधान सभा सदस्य पनि हुन् ।
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट देव कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी एमालेबाट मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।
त्यस्तै लोकतान्त्रिक पार्टीका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकबाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् । उनी पनि पूर्व मन्त्री हुन् ।
देव र अहमदसँगै १५ जना नेता–कार्यकर्ता प्रवेश गरेको एमालेले बताएको छ ।
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








