सुनसरीको बङ्सिलामा गुराँस संरक्षण अभियान, नेता कोइरालाले पनि रोपे बिरुवा

बङ्सिलामा बृक्षारोपण गर्न गएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ३ किलोमिटर टाढै वृक्षारोपण गरेर फर्किएका छन्। पहिरोका कारण बाटो अवरुद्ध भएपछि कोइराला निर्धारित कार्यक्रममा जान नसकेको उनको सचिवालयले जानकारी दिएको छ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरान उपमहानगरपालिका २० मा पर्ने विकट क्षेत्र बङ्सिलामा बृक्षारोपण कार्यक्रम राखेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोइरालालाई बोलाइएको थियो।No description available.तर बाटोमा पहिरो खस्न नरोकिएपछि नेता कोइराला बिचबाटै फर्किएका हुन्। निर्धारित स्थानभन्दा ३ किलोमिटर टाढा भने उनले वृक्षा रोपण गरेका छन्। उनी लालिगुराँसको विरुवा रोपेर फर्किएका हुन्।

कोइरालाले डेढ घण्टा जति स्थानीयसँग छलफल पनि गरे। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुराँस संरक्षण अभियान सुरु गरेको छ। गुराँसको राजधानी तिनजुरे, मिल्के, जलजलेमा समेत गुराँस मासिदै गएपछि यस्तो अभियान थालिएको हो।

No description available.

बिरुवा रोप्ने क्रममा उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे। यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवद्र्धनमा कोशेढुंगाको रुपमा स्थापित हुने धारणा उनले राखे ।

धरानका विकट क्षेत्रमा विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको कोइरालाले बताए।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =