रास्वपाका गाह्रा दिन सुरुहुन बेर छैन : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले परिवर्तनका साथ अघि नबढेमा पार्टीका गाह्रा दिन सुरु हुने बताएका छन् । पार्टी स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा उनले सामाजिक सञ्जालमार्फत पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका हुन् ।

उनले पार्टी जोगाउने हो भने बोल्ड निर्णय गरेर जानुपर्ने बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं,’ उनले भनेका छन्, ‘यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौ भने हाम्रा गाह्रा दिन सुरु भए ।’

महामन्त्री ढकालले पार्टी जोगाउन उच्च सचेतनासहित जोखिम लिएरै भएपनि केही बोल्ड निर्णय गरेर जानुपर्ने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किँदैनौँ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गरी यहाँसम्म ल्याइदिनु हुने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै दोस्रो वार्षिकोत्सवको शुभकामना एवं बधाई ।’

गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुम्दै नेता–कार्यकर्ताको सुझाव सुनेपछि उनले यस्तो निष्कर्ष निकालेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =