फुर्तिला र तन्दुरुस्त गृहमन्त्री (तस्बिरहरु)

काठमाडौं । दसौँ अन्तर्राष्ट्रिय योग दिवस काठमाडौंमा योग विज्ञान शिविर आयोजना गरेर मनाइएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधवार उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा योगाभ्यास गरिएको थियो ।
शिविरमा गृहमन्त्रीले विभिन्न प्रकारका योगाभ्यास गरेका थिए । कार्यक्रममा सहभागीले पनि गृहमन्त्रीसँगै योग गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले तन्दुरुस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिविद्धताको आवश्यकता रहेको बताएका छन् ।
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शारीरिक र मानसिक हर हिसाबले चुस्त दुरुस्त हुन जरुरी रहेको बताए ।










