निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।

उपसभामुख इन्दिरा रानाका अनुसार रिक्त एक निर्वाचन आयुक्तको पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय भएको हो। अरु रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसबारे छलफल नभएको रानाले बताइन्।

निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ हुनेछ । त्यसपछि मात्रै उनको नियुक्ति हुनेछ । नियुक्तिपछि प्रमुख निर्वाचन आयुक्तबाट आयुक्तले पद तथा गोपनियताको शपथ लिने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =