शोभा पाठकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप
२०८१ जेठ ३० गते

काठमाडौं । शोभा पाठकमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले शोभालाई हिजो पुल्चोकबाट पक्राउ गरेको थियो । साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार शोभामाथिको अनुसन्धान जारी छ ।
सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा शोभालाई पक्राउ गरिएको एसपी अवस्थीले जानकारी दिए ।
यो पनि : शोभा पाठक पुल्चोकबाट पक्राउ
२०८१ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








