भक्तपुरबाट लाइट स्टोन देखाई १० लाख ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ । लाइट स्टोन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई काठमाडौं चन्द्रागिरि बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भई काठमाडौं सितापाईला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका–५ घर भई भक्तपुर दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

अमर बहादुरले आफूसँग लाइट स्टोन छ भन्दै लगानी गर्नु फाइदा हुन्छ भनी पीडितलाई प्रलोभन देखाई जेठ २१ गते भक्तपुर सूर्यविनायक नगरपालिका–४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *