काठमाडौंका यी ४० ठाउँमा ६ घण्टा बिद्युत् अवरुद्ध

काठमाडौँ । शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

One thought on “काठमाडौंका यी ४० ठाउँमा ६ घण्टा बिद्युत् अवरुद्ध

  1. कत्ती बिकास गर्छौ बिजुली कर्मचारी हो ? तिमीहरूको बिकास कार्यक्रम कहिले सम्म चलिरहने हो थाहा छैन। तिमीहरुकै दुनियाँ छ। गरि खाओ बिजुलीबालाहरु हो … मौज गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =