बाल मन्दिर जग्गा प्रकरणमा संगठनका पूर्वउपाध्यक्ष पक्राउ

काठमाडौँ । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई शुक्रवार काठमाडौंबाटै पक्राउ गरेको हो ।

यसअघि बाल मन्दिरको जग्गा भाडा प्रकरणमा जिल्ला अदालत काठमाडौँबाट २० जनालाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने गरिएको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सिआईबीका एक पदाधिकारीका अनुसार पक्राउ पुर्जी जारी भएकाहरूमाथि नेपाल बाल सङ्गठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =