केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउन कानूनमन्त्रीको सक्रियता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल शुरु गरेका छन् ।

बिहीवार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विषयगत रुपमँ छलफल गरेका हुन् ।

छलफलका क्रममा उनले विधेयकमा सहमति जुट्न नसकेका मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरेको बताए । उनले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा संसदको समितिमा सहमति नजुटेकाले सोही विषयमा छलफल गरेको बताए ।

‘१० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा संसदको समितिमा सहमति जुटि नसकेको हुनाले १० वटा मन्त्रालयका मन्त्रीज्युहरु र पदाधिकारीहरुसँग छलफलमा छौँ’उनले भने,‘छिटै नै यो छलफललाई टुंग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेका छौँ ।’

उनले छिटै नै छलफललाई टुंग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको बताए ।

मन्त्री गिरीले सरकारले संसदमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गरेको बताए ।

मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गरेका हुन् ।

आज नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग पनि छलफल गर्ने बताएका छन् ।

उनले भने– ‘जुनजुन मन्त्रालयको सम्बन्धित विधेयकमा सहमति जुट्न सकेको अवस्था छैन, त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिव ज्यु, मन्त्रीज्युहरु र मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौँ । त्यसमा कुन कुन मन्त्रालयले परेका संशोधनहरुमा वर्न गर्ने वा नगर्ने भन्नेबारेमा छलफल चलिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =