केदार कार्कीको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ हुँदैछ । कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको हो ।

सो मुद्दाको सुनुवाइ तेस्रो नम्बरमा छ । अघिल्लो बुधबार पनि कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । सो इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि उनी सर्वोच्च अदालत गएका थिए । उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =