कृषिमा लगानी वृद्धि गर्न आवश्यक : आरजु राणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिएकी हुन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा उनले सो कुरा बताएकी हुन् । सांसद राणाले कृषकहरुलाई राहत दिनका लागि छुट्टै बैकिङ प्रणालीको विकास गर्न पनि सरकारलाई सचेत गराइन् ।

उखु कृषक, दुध कृषकहरुले समयमै भुक्तानी नपाएको गुनासो आईरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पनि सहुलियत दरमा राहत दिने गरी समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले सो खालको बैकिङ प्रणालीको विकास गर्न आवश्यक्त भएको तर्क गरिन् ।

सांसद राणाले सरकारले कृषीलाई लगानी दशकको रुपमा घोषणा गरेपनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

एनले भनिन्– ‘कृषि लगानी घटेको छ भने अर्कोतिर कृषिमा लगानी दशक भनेर सरकारले डिक्लिएर गरेको छ । यो चाहीँ सुनिदाखेरी राम्रो, तर साँच्चैको कुरा गर्दा नहुने कुरा बजेटमा लेख्न नहुने हो । कृषिमा टेक्निकल जनशक्ति वृद्धि एकदमै गर्नुपर्ने जरुरी देखिएको छ । यो अनुसार गोभर्मेन्टले ओएनएम पनि गरिसकेको छ । त्यसलाई यो सरकारले कसरी अगाडि बढाउँछ ? यो बजेटमा यसका ग्याप देखिएको छ । त्यस्तै गरेर हरेक वर्ष यो दुध कृषकहरु र उखु कृषकहरुको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ । यसका लागि चाहीँ सरकारले इर्मेजेन्सीको रुपमा लाष्ट टाईममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिज्म खडा गर्न म अर्थमन्त्रीज्युलाई रिक्वेष्ट गर्न चाहन्छु । मेरो भनाई के हो भने बैंकमा सहुलियत दरमा यो डेरीहरु र मिलहरुले एउटा रकम राख्ने र पेमेन्ट भौचरको आधारमा तुरुन्तै कृषकले आफ्नो रकम लिन पाउने त्यो एउटा व्यवस्था मिलाउन सकियोभने गभर्मेन्टलाई पनि राहत हुन्थ्यो । र, कृषकहरुलाई पनि राहत हुन्थ्यो ।’

सांसद राणाले कृषिमा लगानी वृद्धि गर्न सरकारले त्यसको बजारको पनि उचित व्यवस्था गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =