कांग्रेसको प्रस्ताव– संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ

काठमाडौं । काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन् ।

उनले यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि बताए ।

‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ’ उनले भने,‘बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ । र यो संविधानलाई संशोधन गरौँ । यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ । जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ । अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ ।’

उनले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

उनले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको बताए । उहाँले तराईमा गर्मी बढीरहेको र जनजीवन प्रभावित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारलाई आग्रह गरे ।

‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन’उनले भने,‘हामी अनावश्यक समय खेर फाल्दैछौँ । देश बर्बाद पार्दैछौँ । जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन् । जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =