सुमनालक्षित ओलीको टिप्पणी– नेपाल घुम्न आकी मन्त्री पो भइन् !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाकी सांसद तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलक्षित गरेको टिप्पणी भाइरल भएको छ ।

झापामा आफू निकट केही प्रतिनिधिसँगको कुराकानीमा अध्यक्ष ओलीले शिक्षामन्त्री सुमनाविरुद्ध छुद्र टिप्पणी गरेका थिए ।

उनले भनेका थिए– ‘नेपाल घुम्न आकी, विदेशको केटासँग बिहे गरिन् उतैतिर कता हो, नेपाल घुम्न आकी मन्त्री पो भइन !’

ओलीले टिप्पणी गरेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । प्रचार गर्नेहरूले ओलीको यो टिप्पणी सुमनालक्षित नै भएको दाबी गरिरहेका छन् ।

त्यसको पुष्टि हुने गरि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पनि एक्समा उक्त भिडिओ शेयर गर्दै कमेन्ट गरेका छन् ।

उनले ओलीलाई ‘लिंगद्वेषी’को आरोप लगाउँदै उनैसँग मिलेर प्रचण्ड सरकारमा सहभागी भएको आफ्नो पार्टीको समेत आलोचना गरेका छन् ।

‘यिनै लिंगद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी पार्नुपर्ने हो सायद’, कार्कीले लेखेका छन्, ‘तर यिनीहरूलाई भन्नचैँ पर्छ– देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =