चीनको छोङछिङसहर पुगिन् भरतपुरकी मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र चीनको छोङछिङसहरका जनसरकारका राजनीतिक परामर्श समितिका पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ ।

चीन भ्रमण रहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग छोङछिङ सहरका सरकार राजनीतिक परामर्श समितिका अध्यक्ष चेङ लिहुवाले भेट गरेका हुन् ।

भेटघाटका क्रममा उनीहरू बीचमा दुई सहरबीच सुरुआत भएको भगिनी सम्बन्ध, भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षा, कृषि, पर्यटन, हरियाली वातावरणलगायतका क्षेत्रमा सहकार्य र लगानीका सम्भावित क्षेत्रमा कुराकानी भएको जनाइएको छ ।

सो अवसरमा महानगर प्रमुख दाहालले अध्यक्ष लिहुवालाई भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा भरतपुर भ्रमणको निमन्त्रण दिएका थिए ।

सो अवसरमा भरतपुर महानगरपालिकाका तर्फबाट उपप्रमुख चित्रसेन अधिकारी, महानगरका कर्मचारी, चीनस्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारीको सहभागिता रहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *