सिधाकुरा अडिओ प्रकरण : अडिओ रेकर्ड गर्ने तिमल्सिना हिरासतमा

सिधाकुरा अनलाइन तथा युट्युवलाई अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई हिरासतमा राखिएको छ। आइतबार सर्वोच्च अदालतले उनलाई बयानका लागि बोलाएको थियो।

तर बयान नसकिएपछि हिरासतमा राख्न अदालतले प्रहरीको जिम्मा लगाएको हो। उनलाई आज हिरासतमा राखिएको छ। भोलि बयानका लागि पुनः उपस्थित गराइने छ।

सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए ।

तिमल्सिनाले उक्त अडियो उपलब्ध गराएको बयान कँडेलले दिएका थिए । सोही बयानपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनालाई बयानका लागि बोलाएको थियो ।

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुनु भनेर तारिखमा छोड्न आदेश दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *