बाँकेको जमुनाहा नाका दुई दिनका लागि बन्द

बाँकेको नेपाल-भारत जमुनाहा नाका शनिबारदेखि दुई दिनका लागि बन्द हुने भएको छ।

भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ। भारतमा सोमबार निर्वाचन हुँदैछ।

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी  भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए।

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए।

यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *